स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन
२९ मंसिर, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्मा२९ मंसिर, ण गरिएको दश शय्याको अस्पताल भवनको आज उद्घाटन गरेका छन् । प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने संघ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा निर्माण गरिएको भवनको मन्त्री पौडेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य केदार सिग्देल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायत सहभागी थिए । अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार अस्पतालमा एक जना करारमा डा नियुक्त गरिएको छ ।
त्यस्तै दुई जना ल्यावमा कर्मचारी नियुक्त गरिसकिएको छ । रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ को लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि विसं २०७८ जेठ २ गते ऋषि शक्ति होम निर्माण जेभीसँग सम्झौता भएको थियो । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद रहे पनि विविध कारणले काममा ढिलाइ भएको अधिकारीले जानकारी दिए।
Post Comment