सिरहामा दलितमाथि ज्यादती : एसपी पनि हेडक्वाटर तानिए
१२ चैत, सिरहा — सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित पनि हेडक्वाटर तानिएका छन् । प्रहरी प्रधान कार्यालयले पण्डितलाई मंगलबार हेडक्वाटर तानेको हो ।
सिरहामा नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक अनन्तराज शर्मालाई पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालय स्रोतले जनायो । सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती भएको घटनामा प्रशासनको आलोचना भएपछि गत शुक्रबार सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल पनि गृह मन्त्रालय तानिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment