८ पुष २०८१, सोमबार

सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा

११ असोज काठमाडौँ ।  बाबर अजामको कप्तानीमा पाकिस्तानी क्रिकेट टिम एकदिवसीय विश्वकपमा सहभागिताका लागि भारत आइपुगेको छ। पाकिस्तानी टिमलाई स्वागत गर्न हैदराबादको राजीव गान्धी अन्तराष्ट्रिय विमानस्थलमा क्रिकेट समर्थक, सुरक्षाकर्मी र बिसिसिआईका प्रतिनिधिहरू पुगेका थिए। पाकिस्तानी टिम दुबई हुँदै भारत उत्रिएको हो।
भारतीय टिम ७ वर्षपछि भारतीय भूमिमा क्रिकेट खेल्न आएको हो। यसअघि २०१६ मा टी-२० विश्वकप खेल्नका लागि पाकिस्तानी टिम भारतमा आएको थियो। भारत भने पाकिस्तान जाने गरेको छैन।

एकदिवसीया एसिया कप भारतकै कारण पाकिस्तानबाट श्रींलकामा अधिकांस खेल सारिएको थियो। यद्यपि पाकिस्तानले भने एकदिवसीय विश्वकपका लागि भारतको यात्रा तय गरेको हो।  विश्वकपको सुरुवात ५ अक्टोबरबाट हुँदैछ। विश्वकपको उद्घाटन खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको खेलबाट हुने छ।
पाकिस्तानले आफ्नो विश्वकपको सुरुवात ६ अक्टोबरमा नेदरल्यान्ड्ससँगको खेलबाट गर्ने छ, जहाँ दोस्रो खेलमा हैदराबादमा श्रीलंकासँग पाकिस्तानले प्रतिस्पर्धा गर्ने छ।
भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0