सर्लाहीमा ८२ हजारलाई आईपीभी खोप लगाइने
सर्लाही । सर्लाही जिल्लाका ८२ हजार ६ सय ४ बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइने भएको छ ।
जेठ १३ गते उद्घाटन हुने र पहिलो चरणको खोप जेठ १६ गतेदेखि २१ गतेसम्म र दोस्रो चरणको खोप जेठ २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आईपीभी खोप अभियानमा सो सङ्ख्यामा खोप लगाइने स्वास्थ्य कार्यालय सर्लाहीले जानकारी दिएको छ । अभियानका लागि जिल्लाभरिमा २ सय २ भ्याक्सिनेटर, ४ सय ४ स्वयमसेविका र ८ सय शिक्षकको सहभागी हुनेछ।
२०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्मको अवधिमा जन्मिएका बालबालिकालाई लक्षित गरी सो अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झाले बताउनुभयो।
जेठ १६ गतेदेखि सुरु हुने अभियान , लालबन्दी नगरपालिका, हरिवन, हरिपुर, कविलासी, बरहथवा , मलंगवा , धनकौल, चक्रघट्टा, बसबरीया गाउँपालिका र बागमती नगरपालिकामा २१ गतेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै, २४ गतेदेखि बलरा नगरपालिका, गोडैता, कौडेना, ब्रहम्पुरी, हरिपुर्वा, इश्वरपुर, पर्सा, चन्द्रनगर, बिष्णु गाउँपालिका र रामनगर गाउँपालिकामा २९ गतेसम्म सञ्चालन हुनेछ ।
Post Comment