विराटनगर किङ्सले एनपीएल जिते ३० लाख दिने घोषणा, मुख्यमन्त्री कार्की
१२ मंसिर, विराटनगर । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जिते ३० लाख रुपैयाँ पुरस्कार दिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घोषणा गरेका छन् ।
प्रतियोगितामा सहभागी हुन जाने क्रममा विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि विजेता बनेर फर्किए ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग को लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ ।
मुख्यमन्त्री कार्कीले टोलीलाई बिदाई गर्दै जितको शुभकामना दिए । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान
मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment