विराटनगरमा गुडिरहेको टिपरमा आगलागी
१५ वैशाख, मोरङ –
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरको १९ नम्बर वडाको मिलन चोकमा सोमबार दिउँसो गुडिरहेको टिपरमा आगलागी भएको हो। प्रहरीका अनुसार मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा आगलागी भएको हो। सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकबाट सुनसरीको बर्जु गाँउपालिकातर्फ बालुवा लिएर जाँदै गरेको टिपरमा आगलागी भएको हो।
टिपरमा आगलागी भए पनि इनरुवाका ३० वर्षीय चालक साजन सरदार भने सकुशल रहेका छन्। चालक सरदारले गाडी कुदिरहेको अवस्थामा आगलागी भएको र आफू भाग्न सफल भएको बताए। घटनापछि घटनास्थलमा पुगेको प्रहरीको टोलीका अनुसार टिपरको तारमा सर्ट भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ। आगलागीसँगै विराटनगरको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीपछि टिपरको अघिल्लो भागमा क्षति पुगेको छ।
Post Comment