२५ बैशाख २०८२, बिहीबार

वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प

 

२४ वैशाख, पोखरा ।

पोखरामा वडाध्यक्षले महानगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् । वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोखरेललाई कुटपिट गरेका हुन्। महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै वडाध्यक्षले कुटपिट गरेका हुन् । पोखरेलमाथि कुटपिट भएको विरोधमा महानगरका कर्मचारी आन्दोलित भएका छन् ।

उनीहरूले महानगरको काम ठप्प पारेका हुन् । महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए।प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्दा साथ वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको उनको आरोप छ । वडाध्यक्षले उक्त समयमा मादक पदार्थ समेत सेवन गरेको पोख्रेलको दाबी छ । उक्त घटनाका विषयमा कर्मचारी सम्बद्ध ४ संगठनले मङ्गलवार मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई २४ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका थिए।

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त रूपमा ध्यानाकर्षण बुझाउँदै कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न माग गरेको हुन् । तर, २४ घण्टासम्म पनि कुनै सुनुवाइ नभएको भन्दै कर्मचारीले महानगरको सेवा ठप्प पारेका हुन् । स्थानीय तह कर्मचारी संघका रेशम जिसीले कर्मचारीको सुरक्षाको ग्यारेन्टीको माग गर्दै आन्दोलनको कार्यक्रम गरिएको बताए । उनले आज पनि सुनुवाइ नभए थप आन्दोलन गरेर अगाडि बढ्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?