१० जेष्ठ २०८२, शुक्रबार

रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ६० लाख अपचलन

 

५ जेठ, नवलपरासी  ।  

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. १ रुपौलिया वडा कार्यालयमा रहेको रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थाले १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैयाँ अपचलन गरेको रहस्य बाहिरिएको छ  । २०५७ सालमा बिधिवत दर्ता भएर सञ्चालनमा रहेको उक्त सहकारीको लेखापरिक्षण गर्ने क्रममा १ करोड ६० लाख २८ हजार रुपैयाँको हिसाब नभेटिएपछि यति वेला शेयर सदस्यहरू देखि सञ्चालकहरू बिचमा हल्ली खल्ली मच्चिएको छ ।

त्यत्ति मात्र हैन संस्थाकी व्यवस्थापक र कम्प्युटर अपरेटरले संस्थाको कार्यकक्षमा सञ्चालकहरू बिच बसेर लेखापरिक्षण गर्ने क्रममा नदेखिएको हिसाब किताब मासिक किस्ताबन्दीका रूपमा दुई जनाले बाँडेर दिने गरी सहमति भएर गरेको निर्णयमा हस्ताक्षर गरेको विषयले झन् संस्थामा ठुलो रकमको आर्थिक अपचलन भएको हुन सक्ने भन्दै शेयर सदस्यहरूले आशङ्का व्यक्त गरेका छन् । संस्था दर्ता हुनु भन्दा ५ वर्ष पहिले समूहमा रकम जम्मा गर्दा देखि गत कार्तिक सम्म नै रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापकमा ईन्द्रीरा उपाध्याय रहनु भएको थियो । त्यसै गरी अर्का कम्प्युटर अपरेटर टपनारायण चौधरी २०७३ साल देखि सोही संस्थामा रहेर संस्थाको हिसाब किताब राख्दै आउनु भएको थियो । दुवै कर्मचारीहरूले गत असारमा आ–आफ्नो समस्या देखिएर संस्थामा काम गर्न नसक्ने भन्दै राजीनामा दिएपछि संस्थाले नयाँ कर्मचारी राखेको व्यवस्थापक ईन्द्रीरा उपाध्यायको भनाई छ ।

यस विषयमा संस्थाकी व्यवस्थापक ईन्दीरा उपाध्यायसँग बुझ्दा आफूलाई अध्यक्ष र समाजका केही समूहको टोलिने जबरजस्ती कोठामा राखेर हस्ताक्षर गराएको आरोप लगाउनु भएको छ । उहाँले  लेखापरिक्षकले १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैयाँको हिसाब नआएको बताएपछि खोज्दा ९० लाख जति कम्प्युटरमा चढाउन छुटेको भेटिएको र यस आर्थिक वर्षमा पनि २० लाख कम्प्युटरमा चढाउन छुटेको भेटिएको बत्ताउँदा बताउँदै पनि हस्ताक्षर नगरे मुद्धा हाल्ने,सामाजिक बहिष्कार गर्ने जस्ता धम्की दिएर जबरजस्ती हस्ताक्षर गर्न लगाएको व्यवस्थापक उपाध्यायको भनाई छ । यसरी हस्ताक्षर गर्न लगाइएको निर्णय पुस्तिकामा कम्प्युटर अपरेटर टपनारायण चौधरीले ल्याएको प्रस्ताव अनुसार १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैयाँ मध्ये व्यवस्थापकले ५५ प्रतिशत र कम्प्युटर अपरेटरले ४५ प्रतिशत रकम संस्थालाई बुझाउने गरी असुल उपर गर्ने निर्णय भएको छ ।

त्यो रकम तीन –तीन महिनामा किस्ताबन्दी गरी लिने निर्णय गरिएको छ जस्मा व्यवस्थापकले १३ लाख र अपरेटरले ११ लाख किस्ता रकम बुझाउने गरी जबरजस्ती हस्ताक्षर गर्न लगाएर कम्प्युटर अपरेटरले आफ्नो सोझोपनको फाइदा लिएको बेस्थापक उपाध्यायको आरोप रहेको छ । करिब ६ शेयर सदस्यहरू रहेको रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थाको अहिले २ करोड ८० लाख बराबरको शेयर पुर्जी रहेको संस्थाकी अध्यक्ष ममता भारतीले बताउनु भएको छ । संस्थाको ४ बर्से कार्यकाल रहने उक्त संस्थामा आगामी पौष २८ गते अध्यक्ष भारतीको कार्य अवधि सकिँदै छ । तर ४ वर्ष सम्म संस्थाको एउटै लेखापरिक्षक राखेर कर्मचारीद्धय उपाध्याय र चौधरीले सञ्चालन सदस्यहरूलाई भ्रममा पार्दै रकम अपचलन गर्दै आएको अध्यक्ष भारतीको भनाई रहेको छ ।

कर्मचारी दुबै जना मिलेर परासीमा रहेको पञ्चदेव गुप्तालाई पटक–पटक लेखापरिक्षण गर्न जिम्मा दिने निर्णय तयार गर्ने र अर्को लेखापरिक्षक राख्न समितिले खोज्दा विभिन्न बहानामा अरूलाई नदिने गरी समितिलाई नै गुम राहामा पार्ने गरेको अध्यक्ष भारतीको भनाई छ । यस पटक समितिले कर्मचारीहरूको भनाइलाई नमानेर जबरजस्ती अर्को लेखापरिक्षक राखेर अडिट गर्न शुरु गरेपछि दुवै जनाले विभिन्न बहाना बनाएर राजीनामा दिएको र लेखापरिक्षण गर्दा १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैयाँ अपचलन गरेको भेटिए पछि उनीहरूकै सहमतिमा ५५ र ४५ प्रतिशतले असुल उपर गर्ने गरी निर्णय भएको अध्यक्ष भारतीले बताउनु भएको छ ।
पहिलेको पञ्चदेव गुप्ताले गरेको लेखापरिक्षण रिर्पोटमा २ करोड २६ लाख ऋण लगानी भएको देखाएमनि १ करोड ६७ लाख ऋणी को हो ? भन्ने नै नदेखाई कन ऋण लगानी गरेको फर्जी देखाएको अध्यक्ष भारतीले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?