राजनीतिमा सक्रिय रहेकै बेला योग्यलाई नेतृत्व सुम्पिने केपी ओलीको घोषणा
३० भदौ काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले आफू राजनीतिक रुपमा अझै २० वर्ष सक्रिय भए पनि योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरेका छन्। आज ‘बासँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफू सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना सुनाएका हुन्।
कार्यक्रममा ओलीलाई सोधिएको तपाईंको अनुपस्थितिमा कसले नेतृत्व गरोस् भन्ने प्रश्नमा उनले भने, ‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन। म पहिले अलि बिरामी थिएँ। अहिले ठीक छु। दोस्रो पटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ। म २० वर्ष सक्रिय रहे पनि योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु।’ कार्यक्रममा ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई–तीन किलोमिटर बिनालौरो हिँड्ने गरेको सुनाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1