२५ बैशाख २०८२, बिहीबार

यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै

 

९ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग खेल्दै छ । नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् ।

नेपालले पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो । सुपर सिक्समा पुग्नका लागि नेपाललाई यस खेलमा जितको विकल्प छैन । अस्ट्रेलिया भने सुपर सिक्समा पुगिसकेको छ । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित हुँदा स्कटल्याण्डसँग जित नजिक पुगेर १ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेट तथा बंगलादेशलाई २ विकेटले हराएको थियो । नेपालले महिला क्रिकेटमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो ।

यसअघिको विश्‍वकपमा सेमिफाइनलसम्म पुगेको अस्ट्रेलिया बलियो टोली हो । त्यसबेला विश्‍वकप खेलेका पाँच खेलाडीहरू अहिले पनि टोलीमा छन् । आजको पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई हराएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराएपनि नेपाल सुपर सिक्समा पुग्नेछ । स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने छ ।अस्ट्रेलियासँग पराजित भएमा नेपाल बाहिरिनेछ ।

आजका खेलहरू :  अमेरिका यू-१९ महिला भर्सेस् इंग्ल्याण्ड यू-१९ महिला : विहान ८:१५ स्कटल्याण्ड यू-१९ महिला भर्सेस् बंगलादेश यू-१९ महिला : विहान ८:१५न्युजिल्याण्ड यू-१९ महिला भर्सेस् सामोआ यू-१९ महिला : विहान ८:१५ अस्ट्रेलिया यू-१९ महिला भर्सेस् नेपाल यू-१९ महिला : दिउँसो १२:१५ पाकिस्तान यू-१९ महिला भर्सेस् आयरल्याण्ड यू-१९ महिला : दिउँसो १२:१५ दक्षिण अफ्रिका यू-१९ महिला भर्सेस् नाइजेरिया यू-१९ महिला : दिउँसो १२:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?