म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्याइयो
५ मंसिर काठमाडौं ।
साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत पुर्याइएको छ । उनलाई प्रहरीले बुधबार म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालत पुर्याइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको अभियोगमा उनलाई सीआईबीको टोलीले मंगलबार पक्राउ गरेको हो । प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ परेका थिए ।
सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशपछि उनी धरौटीमा रिहा भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment