९ पुष २०८१, मंगलवार

मोरङ: मृत अवस्थामा भेटिएका दुई बालिकाको आमा पाँच दिनपछि फेला परिन्

 

१९ भदौ , विराटनगर- मोरङको सुन्दरहरैंचा नगरपालिकामा मृत अवस्थामा भेटिएका दुई बालिकाको आमा पाँच दिनपछि फेला परेकी छन्।https://press4k.com/जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार झापामा अस्वस्थ अवस्थामा भेटिएकी २९ वर्षीया अस्मिता न्यौपानेलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ। मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले अस्मिता विर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला परेकाे जानकारी दिए। शनिबार सुन्दरहैंचास्थित केराघारीमा १ वर्षीया आयिका र ३ वर्षीया अर्पणा कार्की मृत अवस्थामा फेला परेका थिए । प्रहरी नायब उपरिक्षक बस्नेतले स्वास्थ्य अवस्थामा सुधार आएसँगै घटनाबारे बाँकी खुल्ने बताएhttps://press4k.com/धनकुटाको पाख्रीबास नगरपालिकाका अर्जुन कार्की पत्नी अस्मितासहित पछिल्लो समय सुन्दरहरैंचा- ७ मा बसोबास गर्दै आएका थिए। संखुवासभास्थित मुढेशनिश्चरेकी अस्मिताबीच २०७५ सालमा प्रेम विवाह भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानअनुसार गत शुक्रबार बेलुका अर्जुन र अस्मिताबीच केही विवाद भएको थियो। त्यसपछि दुई छोरीसहित अस्मिता घरबाहिर निस्किएको घटनामा देखिएको प्रहरीले जनाएको छ। सोही क्रममा शनिबार बिहान स्थानीयको केराघारीमा दुई छोरी मृत अवस्थामा भेटिएका थिए। अर्जुनका अनुसार अस्मिताले आफूपनि मर्ने र दुई छोरीपनि मारिसकेको भन्ने म्यासेज गरेकी थिइन्।प्रहरी उक्त म्यासेजको विषयमा पनि अनुसन्धानमा जुटेको छ। अस्मिताले प्रयोग गर्ने सो मोबाइलसमेत दुई छोरीको शव नजिक फेला परेको थियो। घटनास्थलमा किटनाशक औषधीको बट्टा बरामद भएपनि पोस्टमार्टमको रिर्पोट आइनसकेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा सोही किटनाशक औषधीको प्रयोग गरी दुई नाबालिकाको हत्या हुन सक्ने अनुमान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment