मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
५ असोज , झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ।उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो। चालु आवमा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए।उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट रु एक अर्ब ३८ करोड ३९ लाख चार हजार राजस्व सङ्कलन भएको हो। कार्यालयले गत आव २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखेकामा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व सङ्कलन गरेको थियो।चालु आवमा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment