मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय
१५ असोज ,काठमाडौँ। सरकारले मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग
उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भैसकेको भन्दै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment