मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
२८ चैत, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
उनी नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment