१५ बैशाख २०८२, सोमबार

मन्त्रिपरिषद् बैठक बस्दै, एजेण्डा के के ?

 

मन्त्रिपरिषद्को बैठक आज साढे ६ बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   शिक्षकहरु नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

आन्दोलनले सरकारी विदालयमा भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ । साथै आवासीय चिकित्सकहरु सरकारी सरह भत्ता सुविधा लगायतका माग राखेर आन्दोलनमा छन् । उनीहरुले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?