१६ बैशाख २०८२, मंगलवार

मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?

 

२९ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले बिहीबार मध्यराति चार हरफको विज्ञप्ति निकाल्यो, दुर्गा प्रसाईं पक्राउबारे समाचारको खण्डनसहित । मूलधारका सञ्चारमाध्यमहरूले उनी भारतको आसाममा पक्राउ परेको विवरणसहित समाचार प्रकाशन गरेलगत्तै केहीले केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्यको खण्डनलाई समेत स्थान दिइसकेका थिए ।

आचार्यको भनाइलाई आधार मान्दै कतिपयले मुलधारका सञ्चारमाध्यमको आलोचना समेत गरे । तर, केही बेरपछि प्रसाईंकै सचिवालयले उनले आत्मसमर्पण गरेको भन्दै सूचना समेत जारी गर्‍यो । उनको सचिवालयले चलाउने भनिएको फेसबुक पेजमा भनिएको थियो, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाका लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’ तर, भारतमा नियन्त्रणमा लिएर ल्याउँदै गरेको बेला उनी पक्राउ परेका छैनन् भन्ने विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्थामा प्रहरी किन पुग्यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment