मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न
अमरेश कुमार पाण्डेय
३ कार्तिक, बारा। बारा जिल्लाको कलैया उपमहानगरपालिका द्वारा एक कार्यक्रमको आयोजना गरी मधेस प्रदेश सरकाराका मुख्यमन्त्री माननी सतिश कुमार सिंह ज्यूलाई भव्य स्वागत तथा सम्मान गरिएका छन ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका का मेयर विनोद साहले माननीय मुख्यमन्त्री सतिश सिंहलाई मायाको चिनो पनि प्रदान गर्नु भएका छन । कलैया उपमहानगरपालिकाले मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह ज्यूलाई स्वागत तथा सम्मान कार्यक्रम समापन पछि कलैयामा निर्माण कार्य जारी रहेका टाउन हलको अनुगमन पनि गर्नु भएका थिए । त्यस पछि कलैया उपमहानगरपालिका वडा नं. १६ स्थित विगतमा शिलान्यास भएका सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको जग्गा पनि निरीक्षण गर्नु भएर सो अस्पतालको निर्माण कार्य यथाशिघ्र अगाडि बढाउनेमा सहयोग गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री सतिश सिंह गर्नुभएका छन । अन्तिममन कलैया श्रीपुर स्थित रिलायन्स चिनी मिल्सको अगाडि रहेका विद्यानगर कृषि बजार मेलाको शुभ उदघाटन पनि गर्नु भयो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिश सिंह ज्यूले यस पद्यानगर कृषि बजारको विकास र स्तरउन्नतीका मधेस प्रदेश सरकारबाट हुन सक्ने आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता समेत जाहेर गर्नुभयो । उक्त कृषि बजार मेलाको उदघाटन कार्यक्रममा पुर्व प्रदेश सभा सांसद पारस साह ज्यू विशिष्ट अतिथिको रुपमा उपस्थित रहनुभएको थियो भने अतिथिको रुपमा जनमत पार्टी का केन्द्रीय राजनीतिक समिति सदस्य ओमप्रकाश साह, बाराका जिल्ला ईन्चार्ज शिवनाथ पटेल , जनमत पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य प्रभुनाथ पटेल , केन्द्रीय सदस्य विजय गुप्ता , जिल्ला प्रशासन कार्यालयका प्रमुख,
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख राजेन्द्र खड्का , जसपा नेपालका नेता सुशील यादव , जनमत पार्टीका मधेस प्रदेस समिति सदस्य संतोष पटेल,रामाशंकर कुशवाहा, जनमत पार्टीका जिल्ला सदस्य सृजा साह, सुनिता पासवान, विद्यार्थी जनमत संघ बाराका अध्यक्ष संजय साह, युवा जनमत संघ बाराका सह संयोजक संजय सहनी, समाजसेवी डा. रामविदया कुशवाहा, कलैया १६ का अध्यक्ष शेषनाथ साह लगायत विभिन्न पार्टी प्रतिनिधि,समाज सेवी , सुरक्षा निकायका प्रमुख , पत्रकार विभिन्न नेताकार्यकर्ता उपस्थिति रहेका थिए ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री माननीय सतिश सिंह ज्यू प्रमुख अतिथि रहेका कार्यक्रमको सभापतित्व मेला समितिका अध्यक्ष राजेश्वर यादवको थियो भने सञ्चालन जनमत पार्टीका केन्द्रीय सदस्य विजय गुप्ताले गर्नुभएको थियोे ।
Post Comment