भैरहवा ल्याइँदै दीपक बोहराको पार्थिव शरीर
१९ चैत, भैरहवा :
प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर भैरहवा ल्याइने भएको छ।मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०:५० बजे निधन भएका बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा ल्याउन लागिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।
हेलिकप्टर मार्फत दिउँसो साढे २ बजे उनको पार्थिव शरीर भैरहवास्थित उनको निवासमा ल्याइने छ। शवको अन्त्येष्टि कहाँ गर्ने भन्ने विषयमा अझै पारिवारिक छलफल भइरहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment