भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
६ माघ, भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध भारतमा पक्राउ पुर्जी जारी भएको छ । केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरुद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
औषधि र जादुमय उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोपमा रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यो ऐनले औषधिको चामत्कारिक लाभ वा उपचारसम्बन्धी भ्रामक दाबीको प्रतिबन्ध आकर्षित गर्ने पनि सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment