भारतमा मन्दिर जाँदै गरेको गाडी दुर्घटना, १२ जनाको मृत्यु
१५ वैशाख, भारत ।
भारतको मध्य प्रदेश राज्यको मन्दसौर क्षेत्रमा आइतबार भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । उनीहरू मन्दिर जाँदै गर्दा चढेको सवारी साधन अनियन्त्रित भई इनारमा खसेको प्रहरीले जनाएको छ ।स्थानीय समाचार अनुसार सवारीले पहिला एक मोटरसाइकललाई ठक्कर दिएको थियो र त्यसपछि चालकको नियन्त्रण गुम्दा इनारमा खसेको हो ।
मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो । इनारमा खसेका यात्रुहरूलाई बचाउन प्रयास गर्ने एक व्यक्तिको पनि ज्यान गएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment