९ पुष २०८१, मंगलवार

भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 

मधेश।

हिन्दुहरुको महान पर्वहरु मध्ये तिहार र छठपर्वको महत्त्व अपरम्पार छ। तिहारमा भाइटिकामा दाजुभाइ र दिदीबहिनीको अटुट प्रेम स्नेह व्यक्त हुन्छ ।भाइटिकामा दिदिबहिनीले ओखर फोडेर यमराजको कुदृस्टि नपरोस् भनेर ढोका लगाउनै गर्दछन् ।

यस दिन फुल टीका लगाएर दिदीबहिनी तथा दाजुभाइ बिच खुशियालि आदान प्रदान गरिन्छ ।छठपर्वको महिमा अपरम्पार छ ।छठ पर्व विशेष गरि तीन दिनसम्म मनाइन्छ ।खरनाबाट सुरु भएर सझिया अरध हुदै भोरुकवा अरधमा छठपुजा समाप्त हुन्छ । साझमा नदि, पोखरि,नहर तथा पानिको स्रोतको छेउमा गएर पुजा सामाग्री हरु केरा,स्याऊ,सुन्तला,लौका,मुला ,उखु ,नरिवल ,भोगटे,हर्दिको बोट,अदुवाको बोट,अलुवह र सुथनिको बोट ,गेहुको पिठोबाट बनेका पकवान जस्तै खचुरिया,ठेकुवा, पुरुकिया चामलको पिठोबाट बनेका भुसुवा पकाएर प्रसादको रुपमा चढाउने गरिन्छ ।

साझमा यसरि पुजा गर्नुलाई सझिया अरघ भनिन्छ ।बिहान पुजा अर्चना गरेर सुर्यको उपासना गर्दै जल दिनुलाई र पुजा गर्नुलाई भोरुकवा अरघ भनिन्छ ।यसरी पुजा समाप्त भएपछि पुजा सामाग्री र प्रसाद घरमा लगिन्छ र प्रसाद वितरण गरिन्छ ।प्रसादमा ढकुवा,भुसुवा ,पुरुकिया ,खजुरिया वितरण गरिन्छ ।छठ पर्व महा कठोर व्रत छठिमाइको महिमा गान गर्ने र पुजा अर्चना गर्ने महान पर्व हो ।माताको आराधना गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ ।तर यस्तो महान संस्कृतिक र धार्मिक महत्त्वको पर्वलाई विकृति बनाउदै गएको अवस्था छ। परम्परागत शैलिलाई छाडेर देखावटी रुपमा पर्व मनाउने आधुनिक शैलिमा पुजारीहरुको जमात पनि बढदै गएको छ।छठपर्वमा पुजास्थलमा अश्लील गितहरु डिजे मार्फत प्रस्तुत गर्ने,फेसनको रुपमा मनाउने र टिकटक र फेसबुकको फ्लोवर बढाउने कामका प्रयोग भएको हुनाले यस्ता हरकत र विकृतिलाई तत्काल रोक्नुपर्छ ।सांस्कृतिक महत्त्वलाई कायम राख्दै सभ्य र भव्य तरिकाले तिहार र छठपर्व मनाउने गरेमा पर्वप्रती सम्मान गरेको ठहर्छ ।विकृती फैलाउने मानिसलाई तत्काल कानुनी कार्वाही गर्नुपर्छ।

तराई मधेस महिला फाउन्डेशन नेपाल अध्यक्ष सुनिता साह(क्रान्ति )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0