बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
१७ चैत, कैलाली ।
कैलालीमा भारती नम्बर प्लेटको ट्याक्टर दुर्घटना हुँदा एक बालकको घटनास्थलमै ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुश बर्मा छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार दुर्घटनामा घाइते भएका २७ भारतीय नागरिकलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment