बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली
१५ असोज ,काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा एमाले दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णतः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्रीमा क्षति भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment