१० जेष्ठ २०८२, शुक्रबार

बाघको आक्रमणबाट महिला घाइते

 

८ जेठ,  हेटौंडा । 

मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । मनहरी गाउँपालिका—९ ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी ४० वर्षीया फूलमाया चेपाङलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । उनको उपचार मनहरीको अस्पतालमा भइरहेको छ ।

बाघको आक्रमणबाट उनको गर्दन र गालामा घाउ छ । फूलमायासहित चार जना महिलाहरु बिहीबार दिउँसो घाँस काट्न गएका थिए । प्रहरीका अनुसार बाघले फूलमायालाई आक्रमण गर्दा अरु तीन जना कराए पछि बाघ जंगलतिर गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment