बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा
८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ पुसमा नगरसभा राख्ने भएको छ । महानगरको आज बसेको कार्यपालिका बैठकले नगरसभाको १६ औं अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
महानगरका एक कार्यपालिका सदस्यका अनुसार नगर सभा बजेट संशोधनको लागि बोलाइएको हो । ‘बजेटको सिलिङ नबिग्रिने गरी केही शिर्षकमा बजेट रकमान्तर हुन्छ, बजेटको अंक संशोधन नभएपनि अन्य केही विषयगत विभाग, महाशाखामा बजेट कार्यान्वयनको क्रममा आवश्यकता थपघट हुनसक्छ,’ ती कार्यपालिका सदस्यले भने । उनले नगर सभामा केही ऐन संशोधन, नयाँ ऐन पारित गर्ने विषय समेत रहेको बताए । प्रज्ञा भवनको सिद्धिचरण कक्षमा १४ गते दिउँसो १ बजे बस्नेगरी नगर सभा आह्वान भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment