बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
१४ भदौ , काठमाडौँ – सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनका क्रममा बङ्गलादेशमा एक हजार भन्दा धेरै जनाको ज्यान गएको छ । सो विरोध प्रदर्शनका क्रममा ४ सय भन्दा धेरैले आँखाको ज्योति गुमाएको स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले भनेकी छिन् । राजरबाघस्थित केन्द्रीय प्रहरी अस्पतालमा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न गएको समयमा उनले पत्रकारहरूसँग सो क्रममा भएको जनधनको क्षतिबारे बताएकी थिइन् ।
पीडितको परिवार, अस्पताल, प्रत्यक्षदर्शी र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूबाट आन्दोलनका क्रममा ८१९ जनाको मृत्युको जानकारी आफूले पाएको अगस्ट २१ मा मानव अधिकारी सहयता समाजले भनेको थियो । जुलाई १६ देखि अगस्ट ११ सम्म आन्दोलनको क्रममा बङ्गलादेशमा ६५० जनाको मृत्यु भएको मानवअधिकारका लागि यूएनको उच्च आयुक्तको कार्यालयको प्रारम्भिक प्रतिवेदनले देखाएको थियो । आन्दोलनको क्रममा घाइते भएका कयौँ प्रहरीको प्रहरी अस्पतालमा उपचार चलिरहेको नुरजहाँले भनेकी छिन् ।
Post Comment