प्रहरी र राप्रपा नेता-कार्यकर्ताको घम्साघम्सी
७ वैशाख, काठमडौं।
प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ता तथा प्रहरीबीच घम्साघम्सी भएको छ । निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा घम्साघम्सी परेको हो ।
बानेश्वरबाट अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजिरहेको छ । आज निषेधित क्षेत्र तोडेर सामूहित गिरफ्तारी दिने रणनीतिका साथ राप्रपा प्रदर्शनमा उत्रेको हो । सरकारले भने बलजफ्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment