प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार मध्यान्ह शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेससहितको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन् । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री बनेका थिए ।
सरकारमा एमालेबाट विष्णु पौडेल अर्थ, पृथ्वीसुब्बा गुरुङ सूचना प्रविधि तथा संचार, विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, दामोदर भण्डारी उद्योग वाणिज्य, बलराम अधिकारी भूमि व्यवस्था, राजकुमार गुप्ता संघीय मामिला र रक्षा मन्त्रीमा मानवीर राईले शपथ लिँदैछन् । कांग्रेसबाट नेतृत्व गरेर प्रकाशमान सिंह शहरी विकास मन्त्रालयको नेतृत्वमा गएका छन् । कांग्रेसबाट गृहमा रमेश लेखक र परराष्ट्रमा आरजु राणा देउवा मन्त्री बनेका छन् ।
Post Comment