पत्रकार महासंघ चुनाव : पाँचवटा संगठनको साझा उम्मेदवार बने प्रेस सेन्टरका कमल गिरी
विपक्षी गठबन्धनबाट प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा पत्रकार महासंघको निर्वाचनमा भाग लिने भएको छ । गिरीको प्यानलबाट वरिष्ठ उपाध्यक्ष रोशन पुरी, खुला उपाध्यक्षमा रामकृष्ण अधिकारी, महासचिवमा लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।
महिला उपाध्यक्षमा गंगा बरालले उम्मेदवारी दिन लागेकी छिन् । समावेशी उपाध्यक्षमा समाजवादी प्रेस सङ्गठन नेपालबाट सुवास साहले उम्मेदवारी दिएका छन् । गिरीको संयुक्त प्यानलमा समाजवादी प्रेस सङ्गठन नेपाल, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्गठन नेपालले संयुक्त प्यानल बनाएर महासंघको निर्वाचनमा होमिएका छन् ।
पत्रकार महासंघको यहि मंसिर २८ गते निर्वाचन हुँदै छ । त्यसका लागि दुई प्यानल बनेका छन् । सत्ता गठबन्धन दल कांग्रेस र एमाले निकट पत्रकार सङ्गठन प्रेस युनियन र प्रेस चौतारीले भागवण्डा टुङ्ग्याइसको छ । चौतारीबाट निर्मला शर्मा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छिन् । चौतारी र युनियनबीच महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद र युनियनले ८ पद लिने सहमति भएको छ ।
Post Comment