नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हिन्दु सम्राट सेनाको बृहत सम्मेलन
१० असोज ,सर्लाही । जिल्लाको विष्णु गाउँपालिका वार्ड नं ८ बत्रोलमा हिन्दू राष्ट्र स्थापनाको समर्थनमा हिन्दू सम्राट सेनाले बृहत सम्मेलन आयोजना गरेको छ।
सम्मेलनमा हिन्दू सम्राट सेनाका अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्णा यादव लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थितिमा १०० भन्दा बढी युवा सनातनीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने अभियानलाई सशक्त बनाउन थियो। सहभागीहरूले हिन्दू धर्म र संस्कृति संरक्षणको महत्त्वबारे छलफल गर्दै नेपालमा हिन्दू राष्ट्रको पुनर्स्थापनाको आवश्यकता औंल्याएका थिए। राजेश सनातनीले हिन्दू धर्मको संरक्षण र
प्रवर्द्धनका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनीहरूलाई सक्रिय हुन आग्रह गरे। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै भविष्यमा यस्ता थप गतिविधिहरू गर्दै राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने योजना रहेको हिन्दू सम्राट सेनाले बताएको छ।
Post Comment