२३ बैशाख २०८२, मंगलवार

नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव

 

२३ वैशाख, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यो परम्पराको निरन्तरतामाथि प्रश्न गरे । उनले अगाडि भने, ‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।’

नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको मात्रै अर्थ नरहेको उनले बताए । नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने उनले बताए । अब दिइएका सुझाव बजेटमा नसेमेटिने उनले बताए । नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको उनले बताए । नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको उनले बताए । बन्द भएका उद्योगलाई चलाउने नीति नरहेको पनि उनले बताए । कृषि प्रणाली परम्परागत रूपमा नै रहेको उनले बताए ।

यसलाई आधुनिकीकरण गर्ने विषय नीति तथा कार्यक्रममा आउन नसकेको बताए । स्वास्थ्य बीमा नेपालमा असफल भइसकेको दाबी गर्दै उनले यसबारे नीति तथा कार्यक्रममा आउन नसकेको बताए । नीति तथा कार्यक्रमले प्रदेश सरकारको, स्थानीय तह र वडा तहको समेत काम संघले नै गर्ने गरी आएको भन्दै उनले संघीयता विरोधी नीति तथा कार्यक्रम आएको भनेर आलोचना गरे । सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा कसरी जाने भन्ने कुनै नीति आउन नसकेको उनको टिप्पणी छ । नीति तथा कार्यक्रमको औचित्य नरहेको दोहोर्‍याउँदै उनले भने, ‘अर्को वर्षदेखि नल्याए पनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?