दुईजना मोस्टवान्टेड भारतीय अपराधी अमेरिकन हतियारसहित पक्राउ
७ चैत सर्लाही । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई डिएसपी मुक्तिनाथ सापकोटाको कमान्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न गएराति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए ।त्यसपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरीका एक अधिकृतले बताए ।
गोली लागेर घाइते जितेन्द्रको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनका दुबै खुट्टामा गोली लागेको छ । निजहरु माथी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी पंजियारले बताए । प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न छन् ।
Post Comment