१० जेष्ठ २०८२, शुक्रबार

जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…

४ जेठ, स्पेन।

स्पेनबाट जर्मनीतर्फ जाँदै गरेको एक यात्रुवाहक प्लेन गम्भीर दुर्घटनाबाट जोगिएको छ। २०० यात्रु सवार विमान एक आकस्मिक स्वास्थ्य समस्या र समय नमिलेर परेको शौचालय ब्रेकले सम्भावित ठूलो दुर्घटनाको अवस्था सिर्जना भएको जनाइएको छ। यो घटना सन् २०२४ को फेब्रुअरी महिनामा भए पनि हालै स्पेनी अनुसन्धानकर्ताहरूले घटनाको पूर्ण विवरण सार्वजनिक गरेपछि यसको गम्भिरता बाहिर आएको हो।

बिजनेस इन्साइडरको रिपोर्टअनुसार, फ्र्याङ्कफर्ट (जर्मनी) बाट सेभिल (स्पेन) गइरहेको लुफ्थान्सा एयरलाइन्सको एउटा उडान करिब १० मिनेटसम्म पाइलटविहीन रह्यो। यसले विश्वभरको प्लेन सुरक्षालाई लिएर पुनः प्रश्नहरू उठेका छन्। यो अवस्था निकै डरलाग्दो अवस्था भएको बताइएको छ। जब विमान स्पेनको आकाशमा प्रवेश गर्नै लाग्दै थियो र करिब ३० मिनेटको यात्रा बाँकी थियो, कप्तानले चाँडो शौचालय जाने अवसरलाई सदुपयोग गर्न खोजेका थिए। तर त्यो अवस्था निकै भयावह बन्न पुग्यो। करिब आठ मिनेटपछि ककपिट फर्कन खोज्दा कप्तानले पाँचपटक सुरक्षा कोड हाल्दा पनि ढोका खोल्न सकेनन्। त्यतिबेला एक एयर होस्टेसले इन्टरकम प्रयोग गरेर पहिलो अफिसरसँग सम्पर्क गर्न खोजिन्, तर पनि कुनै प्रतिक्रिया आएन।

यात्राको क्रममा कप्तान शौचालय जानुअघि ३८ वर्षका सह–पाइलट (फर्स्ट अफिसर) बिल्कुल सामान्य अवस्थामा देखिएका थिए। तर, रिपोर्टअनुसार कप्तान बाहिर निस्किएपछि उनी होस गुमाएर बेहोस भएका अवस्थामा पुगे। केही समयपछि सह-पाइलटको होस फर्कियो र उनले ककपिटको ढोका खोल्न सके तर त्यो करिब १० मिनेटसम्म विमान पाइलटविहीन रहेको बताइएको छ। ककपिटको ढोका खोलिएपछि सह-पाइलटलाई चेतविहीन जसरी असिन पसिन भएर अस्वाभाविक रूपमा हिँडिरहेको देखिएको जनाइएको छ। त्यस्तो अवस्था देखेपछि उनलाई तुरुन्तै फ्लाइट क्रु र यात्रुहरूमध्ये रहेका एक डाक्टरले प्राथमिक उपचार सुर गरेका थिए। यसबीच, कप्तानले तत्काल निर्णय गर्दै विमानलाई सबैभन्दा नजिकको विमानस्थल अर्थात म्याड्रिडतर्फ मोडेर सह-पाइलटलाई तुरुन्तै स्वास्थ्य उपचार गराउने विकल्प रोजेका थिए।

अनुसन्धानकर्ताहरूको प्रतिवेदनअनुसार, सह-पाइलटको ‘एक्कासी र गम्भीर रूपमा अचेत हुनु’ एक प्रकारको न्यूरोलोजिकल समस्याका कारण भएको थियो, जसले कहिलेकाहीँ मुटु बेहोस हुनेको अवस्था निम्त्याउन सक्छ। बिजनेस इन्साइडरका अनुसार, अनुसन्धानकर्ताहरूले युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सी (इएएसए) लाई सबै एयरलाइन्सहरूलाई यो घटना जानकारी गराउन सिफारिस गरेका छन्, ताकि भविष्यमा कुनै एक पाइलट मात्र ककपिटमा हुनुको जोखिमलाई पुनः मूल्यांकन गर्न सकियोस्। तर लुफ्थान्सा एयरलाइन्सले यो विषयमा समाचार सार्वजानिक भएको ‘बिजनेस इन्साइडर’ लाई कुनै टिप्पणी नदिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment