२५ बैशाख २०८२, बिहीबार

च्याम्पियन्स ट्रफी : पाकिस्तान र बंगलादेशको खेल वर्षाका कारण रद्द

 

नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक पाकिस्तान र बंगलादेशबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनुपर्ने खेल टससमेत नभइ रद्द भएको हो ।

पाकिस्तान र बंगलादेश यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेका थिए ।  गत मंगलबार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको थियो । समूह ‘ए’ बाट भारत र न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् । समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो शुक्रबार लाग्नेछ । शुक्रबार अफगानिस्तान र अस्ट्रेलिया खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment