२४ बैशाख २०८२, बुधबार

चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’

 

२३, चैत, चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो । पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन् ।

आजको यो कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो । तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उनी अहिले प्रहरीको हिरासतमा छन् । लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गरेका थिए । लामिछानेले जनयात्राको सभामा आफू गृहमन्त्री भएको प्रचण्ड नेतृत्वको सरकार किन ढालियो भन्ने बारेमा खुलासा गर्ने पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?