घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर
१६ साउन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारागार कार्यालय, नवलपरासीका कारागार प्रशासक विनोद कुमार दत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कर्ण १ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। यस्तै चोरी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीलाई चौकीदारको जिम्मेवारीबाट हटाउने, अरु कुनै सुविधा नदिने र कैदकट्टा तथा माफी मिनाहाको लागि सिफारिस-सहजीकरण पनि नगर्ने भन्दै उनले घुस लिने गरेको पाइएको पनि अख्तियारले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment