९ पुष २०८१, मंगलवार

गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते

facebook sharing button

२१ साउन, काठमाडौं– धादिङको गजुरीमा गुडिरहेको माइक्रोबसमाथि रूख ढलेको छ।

धादिङबाट काठमाडौं आउँदै गरेको बागमती १-००६च ६२१२ नम्बरको इभी गाडीमाथि गजुरी गाउँपालिका-५ पोखरेखोलाको जरेपुलनजिक रूख ढलेर बजारिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रूख ढलेर बसमा बजारिँदा ७/८ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई गजुरीकै विभिन्न अस्पतालहरूमा उपचारका लागि ‍पठाइएको छ। रूख ढल्दा पृथ्वी राजमार्ग दुइतर्फी नै अवरूद्ध रहेको पनि डिएसपी मिश्रले जानकारी दिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment