१० जेष्ठ २०८२, शुक्रबार

खाना बनाउँदा तेल भनेर डिजेल हाल्दा आगलागी, २ जना घाइते

८ जेठ, काठमाडाैं ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित देवान बाबुको घरमा बुधबार साँझ खाना पकाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन्। वीरगन्जकी १३ वर्षीया असिया खातुन र भारत मोतिहारीकी २५ वर्षीया अफ्रिदा खातुन घाइते भएका हुन्।

मासु पकाउँदा तेल सम्झी डिजेल कराईमा हालिएपछि आगो सल्किएको हो। आगलागीबाट असियाको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेको छ। घाइतेहरूलाई हेटौंडा अस्पताल पठाइएको छ। आगो केहीबेरमै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment