क्यानडाविरुद्ध अनिल शाहले बनाए सर्वाधिक छिटो अर्धशतक
२७ माघ, काठमाडौं । दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् ।
उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन् ।उनले बनाएको अर्धशतक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो हो । यसअघि पपुवा न्युगिनीविरुद्ध सन् २०२३ मा कीर्तिपुर मैदानमा आसिफ सेखले २१ बलमा अर्धशतक बनाएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । नेपालले ६.३ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ६४ रन बनाएको छ । नेपालले आसिफ सेखलाई १० रनमा गुमाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment