कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ
१७ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार, सोमबार सक्नेगरी लामिछानेको बयान चलिरहेको छ । प्रहरीले शुक्रबारबाटै उनको बयान लिइरहेको छ । तर, नसकिएपछि सोमबार पनि सरकारी वकिलको कार्यालयमा लगेको थियो । १७ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका छन् ।
मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो । उनको शपथ आज साढे ५ बजे गर्ने तयारी छ । भण्डारीले साढे पनि ५ बजे शपथग्रहण रहेको जानकारी दिए । ‘नियुक्तिको प्रक्रियामा छ,’ उनले भनेÚ, साढे ५ बजे शपथ ग्रहणको तयारी छ ।’ एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् ।
Post Comment