केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
५ जेठ, काठमाडौं
इन्डियन प्रिमियर लिग (आईपीएल २०२५) मा आइतबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल भएको छ। यस खेलमा गुजरात टाइटन्सले १० विकेटले जित हासिल गरेको छ। तर खेलमा भारतीय टोलीका ब्याट्सम्यान केएल राहुलले आफूलाई टी–२० क्रिकेटमा सबैभन्दा भरपर्दो र क्लासिक ब्याट्सम्यानको रुपमा प्रमाणित गरेका छन्। खेलमा राहुलले ६० बलमा शतक बनाए। यो उनको आईपीएलमा पाँचौं शतक हो भने टी–२० करियरको सातौं शतक थियो।
टी–२० क्रिकेटमा भारतीय ब्याट्सम्यानहरूमध्ये सबैभन्दा बढी शतक १. विराट कोहली–९ शतक २. रोहित शर्मा–८ शतक३.केएल राहुल–७ शतक,४। अभिषेक शर्मा–७ शतक,केएल राहुल हाल विराट कोहली र रोहित शर्माको नजिक पुगेका छन्। उनको हालको फर्मलाई हेर्दा उनी चाँडै यो सूचीमा माथि सर्नेछन्।,आईपीएलमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यानहरूm१. विराट कोहली–८ शतक २. जोस बटलर–७ शतक ३. क्रिस गेल–६ शतक ४. केएल राहुल–५ शतक आईपीएलमा पनि केएल राहुलले आफूलाई एक निरन्तर र भरपर्दो ब्याट्सम्यानको रूपमा प्रमाणित गरेका छन्। ५ शतकका साथ उनी आईपीएलमा शीर्ष चार शतक प्रहारकर्ताको सूचीमा छन्।
टी–२० क्रिकेटमा ८००० रन पूरा केएल राहुलले टी–२० क्रिकेटमा अर्को ठुलो उपलब्धि हासिल गरेका छन्। उनले ८००० रन पूरा गरेका छन् र यो उपलब्धि हासिल गर्ने विश्वको तेस्रो सबैभन्दा छिटो ब्याट्सम्यान बनेका छन्। राहुलले विराट कोहली (२४३ इनिङ) र मोहम्मद रिजवान (२४४ इनिङ)लाई पछि पार्दै केवल २२४ इनिङमा यो उपलब्धि हासिल गरे। यस सूचीमा वेस्ट इन्डिजका क्रिस गेल (२१३ इनिङ) पहिलो स्थानमा छन् भने पाकिस्तानका बाबर आजम (२१८ इनिङ) दोस्रो स्थानमा छन्। केएल राहुलले घरेलु टी–२०, आईपीएल र अन्तर्राष्ट्रिय टी–२० खेलहरू संयोजन गरेर यी रन बनाएका हुन्।
Post Comment