काठमाडौंमा २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा।
काठमाडौँ । महानगर प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् ।
उनले भनेका छन्- ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1