९ पुष २०८१, मंगलवार

काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात

 

१३ मंसिर, काठमाडौँ ।  मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठ लाख रुपैयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौँ महानगरपालिकाले छापा मारेको छ । बिहीबार महानगरपालिकाको राजस्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले छापा मारेको हो ।

छापाकै क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको बताए । उनले आधिकारिक व्यक्ति काम विशेषले बाहिर रहेकाले सबै जानकारी सार्वजनिक गर्न नसकिएको बताए । साथै उनले सम्झौता गरेर राखेका व्यासायीहरुको व्यवसाय दर्ता, नवीकरण हालसम्म तिर्नुपर्ने रकम सबै डकुमेन्टहरु आधिकारिक व्यक्तिले सोमबार बुझाउने गरी सम्झौता भएको बताए ।

उनले भने, ‘मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति काम विशेषले बाहिर हुनुहुँदोरहेछ । हामीले मागेका कागजातसहित अर्थात् खासगरी व्यवसाय गरेकाहरुसँग सम्झौता गरेर राखेका दर्ता, नवीकरण, हालसम्म तिनुपर्ने रकमसहित सम्पूर्ण रसिद वा डकुमेण्ट लिएर सोमबार आधिकारिक व्यक्ति हामीकहाँ आउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment