२० बैशाख २०८२, शनिबार

कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन

 

१९ वैशाख, काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन् । संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले बलियो आँटसहित नआएको गुनासो गरे ।

‘कमजोर नै छ त भन्दिनँ । जुन खालको दह्रो आँटसहित यो समयसिमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ,’ उनले भने । नीति तथा कार्यक्रमको प्रतिवद्धता र दृढता मुख्य कुरा भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment