कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
१ पुस, काठमाडौं ।
नेपालले एसीसी महिला यु-१९ एसिया कपमा सोमबार पाकिस्तानविरुद्ध ६ विकेटको ऐतिहासिक जित दर्ता गरेको छ। नेपालले कुनै पनि स्तरमा पहिलो पटक पाकिस्तानलाई हराएको हो। मलेसियाको बायोमास क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले १९.१ ओभरमा चार विकेट गुमाउँदे पूरा गर्यो।
नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन्। यसैगरी सोनी पाख्रिले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाए। पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो। पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन बनाए। नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए।
Post Comment