१७ बैशाख २०८२, बुधबार

उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट

 

१६ वैशाख, काठमाडौं । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेका छन् ।काठमाडौं लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घ (ईयू) बीच सन् १९७४ देखि स्थापित मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए ।

‘नेपाल र ईयूबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास लिएको छु,’ उनले भने, ‘ईयू नेपालको प्रमुख विकास साझेदारका रूपमा रहिआएको छ ।’ स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइलगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली सङ्घ समर्थित कार्यक्रमको उपयोगिताको उच्च प्रशंसा गर्दै उनले कर्णाली प्रदेशमा ईयूको सहयोगअन्तर्गतका आयोजनाले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पुर्‍याएको बताए । ‘सगरमाथा संवाद’को महत्त्वबारे चर्चा गर्दै उपराष्ट्रपति यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’बारे विश्वस्तरीय बहसको उद्देश्यले स्थापना गरिएको संवाद मञ्चको आगामी संस्करणको आयोजना मे १६–१८, २०२५ मा काठमाडौंमा हुने जानकारी गराए ।

नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले नेपाल र युरोपेली संघबीचको सम्बन्ध पछिल्लो समय थप प्रगाढ बन्दै गएको उल्लेख गरिन् । ‘युरोपेली सङ्घ वातावरण र जलवायु परिवर्तनमा लगानी गर्न चाहन्छ,’ उनले भनिन् ।  राजदूत लोरेन्जोले दूधकोशी हाइड्रोपावरमा ईयू लगानी गर्न इच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेश प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेश प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?