आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै
४ जेठ, काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगतिा अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन्। आजको पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हुनेछ । यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे जयपुरमा सुरु हुनेछ । आइपीएलमा १२ खेलमा केवल ६ अंक रहेको राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ ।
भने ११ खेलमा १५ अंक बनाएको पञ्जाव किंग्स प्लेअफको दौडमा रहेको छ। त्यस्तै, दोस्रो खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल सुरु हुनेछ। ११ खेलमा १६ अंक सहित गुजरात अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। भने ११ खेलमा १३ अंक बनाएको दिल्ली प्लेअफको दौडमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment