९ पुष २०८१, मंगलवार

अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित

 

११ मंसिर, भारतीय क्रिकेट टिमले अस्ट्रेलियामा भएको बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पहिलो टेस्टमा ठूलो जित निकालेको छ । भारतले अस्ट्रेलियालाई चौथो दिनमा २ सय ९५ रनले हराएको हो । ५ सय ३४ रनको विशाल लक्ष्यको जवाफमा घरेलु टिम २ सय ३८ रनमा समेटिएको थियो ।

भारतले २०१८–१९ मा अस्ट्रेलियामा टेस्ट सिरिज जितेको थियो । यसपछि २०२०–२१ मा जितेको थियो । हालको सिरिजमा भारतको पहिलो इनिङमा राम्रो भएको थिएन् । मात्र १ सय ५० रन बनाएर अलआउट भएको थियो । तर, यसको जवाफमा अस्ट्रेलियाले झनै खराब ब्याटिङ गर्दै १ सय ४ रनमै समेटियो । दोस्रो इनिङमा भने भारतले निकै राम्रो खेल्यो र ५ सय ३३ रनको अग्रता बनायो । भारतका लागि शतक प्रहार गरेका युवा क्रिकेटर यशस्वी जयसवालले १ सय ६१ रन र अनुभवी ब्याटर विराट कोहलीले १ सय रनको योगदान दिएका थिए ।

अस्ट्रेलियामा भारतको टेस्ट नतिजा,  भारतले अस्ट्रेलियाको भुमिमा खेलेको टेस्टमा पहिलो सबैभन्दा ठूलो जित सन् १९७७ मा प्राप्त गरेको थियो । मेलबर्न क्रिकेट मैदानमा भारत २ सय २२ रनले जितेको थियो । तर, पर्थमा अस्ट्रेलियालाई हराउनेमा भारत पहिलो टिम बनेको छ। पर्थको मैदानमा यसअघि अस्ट्रेलियाको रेकर्ड ४–० को थियो।

अस्ट्रेलियाले सन् २०१८ मा भारतलाई १ सय ४६ रनले हराउँदा सन् २०१९ मा न्युजिल्यान्डलाई २ सय ९६ रनले हराएको थियो। यसपछि अस्ट्रेलियाले सन् २०२२ मा वेस्ट इन्डिजलाई १ सय ६४ रनले हरायो। गत वर्ष सन् २०२३ मा पाकिस्तानलाई ३ सय ६० रनले हराएको थियो । यसपटक भने भारतले अस्ट्रेलियालाई पहिलो हार आत्मसात गरायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment