८ पुष २०८१, सोमबार

अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

 

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अबको १८ महिनापछि प्रधानमन्त्रीको पद शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन् ।

प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, अब १८ महिनाजति छ क्यारे मेरो पालो, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । चुनावमा सबैले बहुमत ल्याउने कोसिस गरौँला । हाम्रो गठबन्धन चुनावसम्मका लागि हो । प्रधानमन्त्री ओलीले अनुकूल हेरेर भारत भ्रमणमा जानेसमेत बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment